April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

वेष्ट ब्रुमसँग चेल्सी ५–२ गोलले पराजित

115

काठमाडौं– लिगको चौथो स्थानमा रहेको चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ। लिगको १९ औं स्थानमा रहेको वेष्ट ब्रुमसँग चेल्सी ५–२ गोलअन्तरले पराजित भएको हो। चेल्सीले आफ्नै घरेलु मैदानमा लज्जास्पद हार ब्यहोरेको हो।

सुरुवाती अग्रता बनाएपनि चेल्सीले त्यो अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको हो। खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर खेलको २९ औं मिनेटमा थियागो सिल्भाले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो।

पहिलो हाफको अतिरिक्त समयमा माथेउस पेरेइराले दुई गोल गर्दै वेष्ट ब्रुमलाई २–१ गोलको अग्रता दिलाए। पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको वेष्ट ब्रुमले दोस्रो हाफमा थप तीन गोल गर्दा चेल्सीले एक गोल मात्रै गर्न सफल भयो।

खेलको ६३ औं मिनेटमा क्यालुम रोविनसनले र ६८ औं मिनेटमा एमबाय डियाग्नले गोल गर्दै वेष्ट ब्रुमलाई ४–१ गोलको अग्रता दिलाए। ७१ औं मिनेटमा सासन माउन्टले गोल गर्दै चेल्सीलाई ४–२ को स्थितिमा ल्याएपनि खेलको अन्तिम समयमा क्यालुमले गोल गर्दै वेष्ट ब्रुमलाई ५–२ गोलको जित दिलाए।

चौथो स्थानमा रहेको चेल्सीले यो हारसँगै ३० खेलबाट ५१ अंक बनाएको छ।