April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

ग्रिजम्यानको गोलमा फ्रान्सको जित

125

काठमाडौं– विश्व विजेता फ्रान्सले विश्वकपको युरोपियन छनोट फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा फ्रान्सले बाेसनिया एन्ड हर्जगोभिनालाई पराजित गरेको हो।

समूह ‘डी’ मा रहेको फ्रान्सले बोसनिया एन्ड हर्जगोभिनालाई उसैको मैदानमा १–० गोलले पराजित गरेको हो। फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यानले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको फ्रान्सले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो।

खेलको ६० औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १–० को जित दिलाए। पहिलो हाफ र दोस्रो हाफमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो। विश्वकपको युरोपियन छनोटमा फ्रान्सले यसअघि पहिलो खेलमा युक्रेनसँग १–१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा भने फ्रान्सले काजकिस्तानलाई २–० गोलले हराएको थियो।

त्यस्तै, समूहमा रहेको युक्रेनले काजकिस्तानसँग १–१ गोलको बराबरी खेलेको छ। पहिलो हाफमा नै गोल गरेको घरेलु टिमले दोस्रो हाफमा गोल खाँदै बराबरी खेलेको हो। जितसँगै फ्रान्सले तीन खेलबाट सात अंक बनाएको छ।