April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

इंग्ल्यान्डको लागतार तेस्रो जित

125

काठमाडौं– इंग्ल्यान्डले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्ने क्रममा समूह ‘आई’ मा रहेको इंग्ल्यान्डले पोल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र ह्यारी म्यागुइरले गोल गरे। यता, पोल्यान्डका जाकुब मोडेरले एक गोल फर्काए। पहिलो हाफमा एक गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो।

खेलको १९ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै कप्तान केनले इंग्ल्यान्डलाई १–० गोलको अग्रता दिलाए। खेलको ५८ औं मिनेटमा जाकुबले गोल गरेपछि पोल्यान्डले इंग्ल्यान्डविरुद्ध १–१ गोलको बराबरी बनायो। तर खेलको ८५ औं मिनेटमा भने पोल्यान्ड सम्हालिन नसक्दा गोल खाँदै हार्न पुग्यो।

ह्यारी म्यागुइरले गोल गर्दै इंग्ल्यान्डलाई २–१ गोलको जित दिलाए। यो इंग्ल्यान्डको लगातार तेस्रो जित हो।