February 28, 2021, Sunday
२०७७ फाल्गुन १६
1:37:26 pm

सिटीको अविश्वसनीय जितको यात्रा

नेपालमामिला संवाददाता
२०७७ फाल्गुन ११

245

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीले पछिल्ला १८ खेल लगातार जितिरहेको छ। २५ खेलमा हेर्दा २२ खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ। यो पेप गार्डिओलाको प्रशिक्षणमा २०१७ को अप्रिल–डिसेम्बरको समयमा २८ खेलको अपराजित यात्राको नजिक देखिन्छ।  

डिसेम्बर १६ मा वेस्टब्रुमसँग बराबरी खेलेपछि म्यानचेस्टर सिटीले सबै खेल जितिरहेको हो। त्यसअघि टोटनह्यामसँग २–० ले हार्दा, लिभरपुलसँग १–१ को बराबरी हुँदा र लेस्टर सिटीसँग ५-२ ले हार्दा म्यानचेस्टर सिटीको यो सिजनमा बिग्रिएको लयमा प्रश्न उठिरहेको थियो। अहिलेसम्म आइपुग्दा पनि सिटी लिग विजेताको बाटोमा बलियो देखिन्छ।

यसैले त प्रशिक्षक गार्डिओला अहिले आफ्नै टिमको जितको यात्राले आश्चर्यचकित भएको बताइरहेका छन्। कोभिडपछिको समयमा चोटमा बढेको संख्या र ठूला टिमहरुले भोग्नुपरेको अप्ठ्यारोबीच सिटीको लगातारको जितमा अचम्मित भएको आर्सनलसँगको खेलपछि गार्डिओलाले बताएका हुन्।