September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो

1.3K

काठमाडौं: रियल म्याड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतबार राति भएको खेलमा भ्यालेन्सियलाई २-० गोलले पराजित गर्‍यो ।

रियलको जितमा करिम बेन्जिमाले खेलको १२ मिनेटमा पहिलो गोल गरे । उनलाई गोल गर्न टोनी क्रुसले पास दिए । क्रुसले नै ४२ मिनेटमा टिमको अग्रता दोब्बर पारे। उनले भाज्क्युले उपलब्ध गराएको पासमा गोल गरे ।

Advertisement

जितपछि अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको रियलले २३ खेलबाट ४९ अंक जोडेको छ । तेस्रो स्थानको बार्सिलोनाको २२ खेलबाट ४६ अंक छ । शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले २१ खेलबाट ५४ अंक बटुलेको छ ।