September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज स्थगित

1.5K

काठमाडौं – आगामी चैतमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित भएको छ।

कोरोनाको प्रभाव र लामो क्वारेन्टाइनको प्रावधानका कारण खेल स्थगित गरिएको नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले जनाकारी दिए। 

Advertisement

नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा सो सिरिज खेल्ने तालिका थियो। सिरिजका लागि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा छन्।

त्यस्तै आइसीसीसीले आगामी अप्रिलमा हुने पपुवा न्यूगिनी,ओमान र स्कटल्यान्डको खेल पनि स्थगित गरेको छ। यसै गरी पपुवा न्यूगिनी, अमेरिका र नामिबियाको खेल पनि स्थगित भएको छ।