झापा । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) झापाले यस वर्ष कमल गाउँ पालिका वडा नें ५ स्थित आदिवासी रंगशालामा २९औं विश्व आदिवासी दिवस मनाउने भएको छ ।
भव्यरुपमा मनाइने दिवसको प्रमुख अतिथि नागरिक उडयन, पर्यटन तथा संस्कृति मन्धी माननीय सुदन किराती रहनुहुने समेत आयोजक संस्था नेफिन झापाले जनाएको छ ।
नेफिन झापाको साउन १५ गते कमल गाउँ पालिका वडा न.ं ५ केर्खाबजारस्थित एसएम चिया कफिसपमा बसेको बैठकमा सो कुरा जानकारी गराइएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ झापामा आबद्ध २२ वटा जातिय संस्थाहरु र १५ वटा स्थानीय तह (नगर पालिका र गाउँपालिका) मा गठन भएको नेफिनको संयुक्त आयेजनामा यसवर्ष व्यापक रुपमा प्रदेश न.ं १ मा उठिरहेको कोशी नाम खारेजीको आन्दोलनकै रुपमा सो दिवस मनाइने समेत आयोजक संस्था नेफिन झापाले जनाएको छ ।
नेफिन झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले दिवस सम्पन्न गर्न, गराउन विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको समेत नेफिनले जनाएको छ ।