November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भक्तपुर जिल्लालाई पहिलो सडक मानवमुक्त बनाइने

1.6K

भक्तपुर । भक्तपुरलाई सडक मानवमुक्त जिल्ला बनाउन विभिन्न निकाय एक भएर लागि परेका छन् ।

साउन १३ गते शनिवार राती ९ बजे देखि भक्तपुरलाई सडक मानवमुक्त जिल्ला बनाउन विभिन्न सरोकारवालाहरू एकजुट भएर रातमा सडक मानव खोजी कार्यमा एक भएका छन् ।

बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको प्रमुख आतिथ्ययतामा भक्तपुरलाई पहिलो सडक मानव मुक्त जिल्ला अभियानको थालनी गरिएको छ ।

Advertisement

भक्तपुरको पाँच तले मन्दिर प्राङ्गणबाट उक्त अभियान थालनी गरिएको हो ।
अभियानको थालनी गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुरलाई नेपालको नै पहिलो सडक मानवमुक्त जिल्ला बनाउन सबै एक जुट भएर लाग्नुपर्ने बताए । उनले मानिस सडकमा रहरले नबस्ने बताउँदै कुनै न कुनै बाध्यताका कारण मानिस सडकमा पुग्ने बताउँदै उनीहरूको उचित व्यवस्थापनमा सबै एक जुट भएर लाग्नु पर्ने बताए ।

सडक किनार वा पाटी पौवामा रात बिताउने सडक मानवहरूको उचित व्यवस्थापनका लागि सात दिनसम्म उक्त अभियान चलाइने अभियन्ता नवराज काफ्लेले जानकारी दिए ।

आफ्नो वडा नेपाल, मानव सेवा आश्रम, लायन्स क्लब, पतञ्जली योग सेवा केन्द्र, मानव सेवा घर आश्रम, आफ्नो घर आफ्नो आश्रम, जिल्ला परिसर भक्तपुर, स्वच्छ हावा सञ्जाल, गैसस महासङ्घ, तौमडी यूथ क्लब, वेव ग्रुप, स्थानीय निकाय लगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा भक्तपुर सडक मानवमुक्त बनाउन एकजुट भएर लागेका छन् ।

सात दिनसम्म चल्ने उक्त अभियान भक्तपुरका चार नगरपालिकामा नै रहेका सडक मानवहरूको उद्धार तथा उनीहरूलाई परिवारसँग मिलन गराउने वा विभिन्न सङ्घ संस्थाहरूमा नै राखेर स्वास्थ्य उपचार तथा बालबालिकाका लागि शिक्षादीक्षा दिने व्यवस्था गर्ने उद्देश्यका साथ अभियान चालिएको हो ।