काठमाडौं । काठमाडौंको माइतीघरमा जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले प्रदर्शन गरेको छ ।
बुधबार माइतीघर मण्डलामा ब्यानरसहित जात व्यवस्थाविरूद्ध मोर्चाका अभियानकर्मीहरू प्रदर्शनमा उत्रिएका हुन् । अभियन्ताहरुले ‘लडौं जात व्यवस्थाविरूद्धको फाइनल म्याच’, ‘मलाई विभेद स्विकार्य छैन’, ‘कास्ट सिष्टम हर्ट एभ्रीवान’, ‘ढिलो न्याय दिनु भनेको अन्याय होल’गायतका पम्पप्लेटसहित प्रदर्शन गरेका थिए ।
जात व्यवस्थाका कारण देशभर श्रृखलाबद्ध घटनाहरू घटेको भन्दै जात व्यवस्थाविरुद्ध माइतीघरमा प्रदशर्न गरिएको उक्त अभियानमा सहभागी लेखक तथा प्राध्यापक सञ्जीव उप्रेतीले बताएका छन् ।
उप्रेतीले भने, ‘देशभर अझै जात व्यवस्थाकै कारण मानिसको ज्यानसमेत गउको छ भने सामाजिक विभेद कायमै छ । यसलाई जरैबाट निर्मूल पार्नु जरुरी छ । हामी सबै मिले यसविरूद्ध संघर्ष गर्नुको विकल्प छैन ।’