September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

पथरी शनिश्चरेमा अधिकार, लैङ्गीक हिंसा र उद्यमशीलतासम्बन्धित तालिम

660

मोरङ । आदिवासी जनजातिहरुको अधिकार, लैङ्गिक हिंसा र उधमशीलता सम्बन्धि तालिम शुरू भएको छ ।

पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेद्धारा आयोजित तालिमको सहयोग भने पथरीशनिश्चरे नगरपालिकाले गरेको हो ।

पथरीशनिश्चरेका मेयर मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र शुरु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि धिमाल जाति विकास केन्द्रका महासचिव मातृका धिमाल, अतिथिहरूमा पथरीशनिश्चरे वडा न.. ६ का वडाध्यक्ष कृष्ण बस्नेत, केन्द्रकै सचिवालय सदस्य रोमान्सी धिमाल रहेका थिए ।

Advertisement

कार्यक्रमको ‘लैङ्गिक हिंसा र उधमशीलता” विषयक तालिममा मिना धिमाल र “आदिवासी अधिकार” विषयमा केदार धिमालले सहजीकरण गर्नेछन् ।

दुईदिने तालिमको सभापतित्व पहिलो नागरिक धिमाल व्यवस्थापन समतिका अध्यक्ष भुवन धिमालले गरेका छन् ।