September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

सिसेक्पा तङ्नाम आन्दोलनको रुपमा मनाइने

1.1K

ललितपुर । किरात याक्थुङ चुम्लुङ नेवा–ताम्सालिङ प्रदेशले सिसेक्पा तङनाम (साउने सक्रान्ती चाड) २०८० आन्दोलनको रूपमा मनाउने भएको छ ।

असार १५ गते चुम्लुङहिम ललितपुरमा भीम नेम्वाङको अध्यक्षतामा भएको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले सिसेक्पा तङनाम (साउने सक्रान्ती चाड) २०८० आन्दोलनको रूपमा कोशी नाम खारेजी आन्दोलनलाई जोड्ने भएको हो ।

Advertisement

तङनाम किरात याक्थुङ चुम्लुङ काठमाडौको आयोजना र व्यवस्थापनमा उपत्यका काठमाडौमा संयुक्त रूपमा चुम्लुङहिम काठमाडौमा मनाइनेछ ।