September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

इलामको माङ्सेबुङमा आगलागी, ८ घर नष्ट

615

इलाम । इलामको माङ्सेबुङ ५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागीले ८ घर जलेर नष्ट भएको छ ।

समिर चेम्जोङको घरबाट लागेको आगलागीले ८ घर जलेर नष्ट भएको समाचार प्राप्त भएको छ ।

मंगलबार राति २ः०० बजेदेखि भएको आगलागीले जलेर घरहरु पूर्ण क्षति भएको छ । आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ ।

Advertisement

स्थानीयहरुको सहभागितामा आगो निभाउने प्रयास भइरहेको बताएको छ । आगलागी अझैँ नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाकी छ ।

आगलागी के कारणले भएको खुल्न नसकेको बताइएको छ ।