September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

तीन दिने उदघोषण तालिमको सम्पन्न

650

मोरङ । पहिलो नागरिक धिमाल व्यवस्थापन समितिद्वारा ३ दिवसीय उदघोषण तालिमको सम्पन्न भएको छ ।

समापन कार्यक्रमको सभाध्यक्ष पहिलो नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष श्रीभुवन धिमालले गरेका थिए । पथरीशनिश्चरे नगरपालिकाका उपमेयर देविमाया काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि धिमाल जाति विकास केन्द्रका महासचिव मातृका धिमाल थिए ।

त्यसैगरी अतिथिहरूमा भिम राई (वडाध्यक्ष ,पथरी शनिश्चरे १), रोमान्सी धिमाल (सचिवालय सदस्य, धिमाल जाति विकास केन्द्र), मणिराज धिमाल (सचिवालय सदस्य, धिजाविके), देशराज नेम्बाङ (सहजकर्ता) थिए ।

Advertisement

प्रशिक्षार्थी प्रमिशा धिमालले सञ्चालन गरेको कार्यक्रममा गंगा बहादुर धिमालको स्वागत मन्तव्य रहेको थियो ।

कार्यक्रमलाई पथरी शनिश्चरे नगर कार्यपालिकाको सहयोगमा सम्पन्न भएको हो ।