November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बेलारुसमा अलपत्र महिलालाई स्वदेश फर्काउन माग

2.3K

काठमाडौं।   नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन सरकारसँग माग गरेका छन् ।

नौ नेपाली महिलाहरूको उद्धार गर्ने अभियानका सहयोगी रातहरूको तर्फबाट विहीबार काठमाडौंमा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा  उपमहासचिव खतिवडाले विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्याएर उनीहरूलाई ‘भिजिट भिसा’ मा त्यहाँ पुर्‍याएको खबर प्राप्त भएकाले सरकारले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिए ।

उद्धारमा क्रियाशील अभियानकर्मी कृतु भण्डारीले पीडितले सामाजिक सञ्जालका माध्यमबाट उद्धार गर्न आग्रह गरेकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताए ।

Advertisement

कार्यक्रममा बेलारुसमा अलपत्र परेका महिलाहरूसँगसमेत सामाजिक सञ्जालमार्फत अन्तरक्रिया तथा छलफल भएको थियो । 

अलपत्र परेका महिलामा सानुमाया तामाङ, नुवाकोट, कविता थापामगर र अञ्जना मगर रामेछाप, रत्नमाया राई धनकुटा, पार्वतीमाया तितुङ मकवानपुर, रमिता राई भोजपुर, सुष्मा तामाङ काभ्रेपलाञ्चोक, मीना गुरुङ चितवन र मार्था सोताङ राई मोरङ हुन् ।