काठमाडौँ । भ्रष्टाचार विरुद्धमा सांसदहरुको अन्तराष्ट्रिय सञ्जालको सार्क स्तरीय संगठनको संयोजकमा नेपालबाट जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।
भ्रष्टाचार विरुद्धमा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको ग्लोबल अर्गनाइजेसन अफ पार्लियामेन्टको मार्च ८ र ९ मा बङलादेशमा भएको सार्क स्तरका बहालवाला र पूर्व संसद्हरूको भेलाले पूर्व सांसद खतिवडाको नेतृत्वमा समिति गठन भएको हो ।
समितिको उपसंयोजकमा बङ्गलादेशका जाबिर उद्दिन र श्रीलंकाबाट सचिवमा कबिन्द जयबर्धनेलाई चयन गरेको छ । अरु देशका सदस्यहरु रहेका छन । यो कमिटीले आगामी छ महिनाभित्रमा दक्षिण एसियाका सबै देशका सांसदहरुको प्रतिनिधित्व गराइ दक्षीण एसिया स्तरको संगठन निर्माण गर्ने निर्णय गरेको छ ।
भ्रष्टाचार विरुद्धमा सांसदहरुकोअन्तरास्ट्रिय संजालका सचिव अष्ट्रेलियाका जोन हाइड्ले यो बैठकको सहजीकरण गरेका थिए। भ्रष्टाचार विरुद्धमा साम्सदहरुको अन्तराष्ट्रिय सञ्जालका नेपाल च्याप्टरले गत माघ १९ गते नेपालको सम्सद भवनमा करीव एक सय सभासद्को सहभागिता र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाको प्रमुख आतिथ्य र प्रतिनिधि सभाको उप सभामुख माननीय इन्दिरा रानाको विशेष आतिथ्यमा छलफल कार्यक्रम सम्पन्न गरेको थियो ।
नेपालमा वर्तमान र पूर्व गरी करिव ६० संसद्हरू यसका सदस्य बन्ने प्रकृयामा रहेको बताइएको छ । विश्वका ६५ देशमा शाखा भएको भ्रष्टाचार विरुद्धमा साम्सदहरुको अन्तराष्ट्रिय सञ्जालले संसद्लाई भ्रष्टाचारका विरुद्ध लड्ने शिप सिकाउने उद्देश्य रहेको संयोजक खतिवडाले बताए ।