धरान । मौलिक र पुरातात्वीक महत्व बोकेको आँखीझ्याल संरक्षणमा युवाहरुले चासो दिएका छन् । धरानका केही युवाहरुले एक समारोहको आयोजना गरी अँखीझ्याल संरक्षण गर्न सबै जागरुक हुनुपर्ने धारणा राखेका छन् ।
धरान उपमहानगरपालिका–२ मा ह्यागृप भैरव बिल्दर्स र युथ नेटवर्क सर्कलले आयोजना गरेको कार्यक्रममा पुरातात्वीक डिजाइनर नरेन्द्रराज शाक्यले ऐतिहासिक महत्व बोकेका सांस्कृतिक धरोहरको संरक्षणमा सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले आँखीझ्याल संरक्षणमा सरकार उदासीन बनेकाले संरक्षणमा दबाब सिर्जन गर्नुपर्ने बताए ।
ललितपुरको पाटन संयुक्त क्याम्पसका पूर्वस्वीयू सभापति लाओस राईले यस्ता ऐतिहासिक धरोहरलाई संरक्षण गरी युवाहरुमा रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने धारणा राखे । कार्यक्रमका संयोजक विजय उदासले राष्ट्रिय गौरवको विषय मानिने आँखीझ्यालको संरक्षण र प्रवद्र्धनमा सरकारलाई दबाब दिने बताए ।