April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको दिन प्रत्येक वर्ष सार्वजनिक बिदा !

1.4K

काठमाडौं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको दिन प्रत्येक वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्मा शुक्रबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा जानकारी दिइन ।

पृथ्वी जयन्तीका लागि पुस २७ गते र जनयुद्ध दिवसका लागि फागुन १ गतेको बिदा सरकारको वार्षिक क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको हो । प्रवक्ता शर्माले २०८० सालदेखि दुई वटा बिदा थप्ने निर्णय भएको जानकारी दिइन ।

Advertisement