-गगन घिमिरे,
इलाम(रोङ) । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा युवायुवतीहरु डेटिङ र रमझममा व्यस्त रहे पनि इलामको रोङ गाउँपालिकाका विद्यार्थीले भने नौलो सन्देश प्रवाह गर्नेगरी ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेका छन् ।
रोङ विद्यार्थी एकता समितिका पदाधिकारी तथा सदस्यहरु र अथितिहरुको उपस्थितिमा इलाम–झापा सिमानामा अवस्थित जोरकलशमा ट्राफिक नियम सम्बन्धी स्टीकर सवारी साधनमा टाँस्ने र गुलाफको फुल वितरण गरेका थिए । ‘सवारी चालकलार्इ जिम्मेवार बनाउन मेरो परिवार र यात्रुको जिम्बेवारी ‘म’ मा’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
रोङ विद्यार्थी एकता समितिका अध्यक्ष बिमल कट्टेलको अध्यक्षतामा सम्पन कार्यक्रममा बोल्दै प्रमुख अथिती रोङ गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले विद्यार्थीले गरेको कामको खुलेर प्रशंसा गरिन । उनले प्रणय दिवसको दिन कतिपय विद्यार्थी आफ्नो प्रेमीप्रेमिकासँग घुमफिर गरिरहँदा सचेत र जिम्मेवार विद्यार्थीहरु सामाजिक कार्यमा दिएको तत्परताले खुसी लागेको बताइन ।
उपाध्यक्ष खवासले आगामी दिनमा विद्यार्थी एकता समितिसग सहकार्य गरेर जाने र पालिकाले गर्नुपर्ने सहयोगबाट कहिले पछि नपर्ने प्रतिबद्धता जनाइन । ट्राफिक नियम सबैले मान्नुपर्ने र सबैलाइ सचेत गराउन पनि प्रहरी समक्ष उनले अनुरोध गरिन ।
सो अवसरमा मेची राजमार्गमा गुड्ने सवारी साधनमा मादक पदार्थ सेवन गरि सवारी नचलाउने प्रतिबद्धतासहितको स्टिकर टाँसी सवारी चालकलाई प्रेमको प्रतीक गुलाफ फुल समेत प्रदान गरिएको थियो । रोङ विद्यार्थी एकता समिति बिबेक कार्कीले स्वागत मन्तब राखेको कार्यक्रममा किटेनी प्रहरी चौकीका इन्चार्ज सही भानु मगर लगायतले आफ्नो धारणा राखेका थिए । कायक्रम रोङ विद्यार्थी एकता समिति सचिब गृष्मा सापकोटाले संचालन गरेकी थिइन ।
कार्यक्रम रोङ विद्यार्थी एकता समितिको आयोजना तथा पर्यटन सुचना केन्द्र जोरकलश, ट्राफिक प्रहरी पोष्ट जोरकलश, अंकुरण फाउन्डेसन रोङको सहकार्यमा सप्पन्न भएको हो ।