November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोहलपुरमा श्रीमानले श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु

1.7K

काठमाडौं । बाँकेको कोहलपुरका एक व्यक्तिले श्रीमती र छोरालाई पेट्रोल खन्याएर आगो लगाउँदा छोराको मृत्यु भएको छ ।

सोही घटनामा श्रीमती भने गम्भीर घाइते भएकी हुन् । कोहलपुरका भानुभक्त बिकले श्रीमती गंगासँग आइतबार साँझ झगडा गरेपछि पेट्रोल खन्याएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हो ।

श्रीमतीलाई आगो लगाउँदा २ वर्षीय छोरा प्रिन्सको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जलेर गम्भीर घाइते भएका आमा र छोरालाई उपचारका लागि भेरी अस्पतालमा लगिएकोमा छोराको सोमबार बिहान मृत्यु भएको हो । भारततर्फ भाग्दै गरेका बिकलाई प्रहरीले नेपाल–भारत सीमाबाट पक्राउ गरेको छ ।

Advertisement