November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पूर्वी नेपालमा भक्का दिवस

2.2K

झापा । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा पुस २९ गते भक्का दिवस मनाईंदै छ । भक्का ती जिल्लामा रहेका आदिवासी, जनजाति र राजवंशी समुदायको परम्परागत परिकार हो ।

पूर्वी नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये भक्का पनि एक हो । विशेषतः हिउँद अर्थात् जाडो महिनामा स्थानीयले भक्काको प्रयोग धेरै गर्छन् ।

चामलको पिठोलाई पानीको बाफमा पकाएपछि भक्का तयार हुन्छ । यसलाई धनियाँ वा गोलभेंडाको अचारमा चोपेर खाने गरिन्छ । हरेक वर्ष पुष २९ गते राष्ट्रिय भक्का दिवस मनाउने गरिएको स्थानीयको भनाइ छ ।

Advertisement