November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आइतबार काठमाडौं उपत्यका र जुम्लामा अत्याधिक चिसो

1.7K

काठमाडौं । आइतबार तुलनात्मक रुपमा चिसोको महसुस बढी भएको छ । काठमाडौँ उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ । उपत्यकासँगै सबैभन्दा धेरै चिसो भने जुम्लामा भएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान अपडेट गरेको तापक्रम अनुसार न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

काठमाडौँ उपत्यकामा बिहान अन्य दिनको तुलनामा बढी चिसो महसुस भएको थियो । मौसमविद्का अनुसार काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Advertisement