February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

चार्ल्स सोभराज जेलमुक्त हुनासाथ अध्यागमन विभागको जिम्मा लगाइने

1.6K

काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराज सुन्धारास्थित केन्द्रीय कारागारबाट छुट्दै छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी जेलमुक्त हुँदैछन् ।

शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया शुरु गर्ने बताइएको छ । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

Advertisement

जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ ।

शोभराजले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो ।