March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

आदिवासी जनजाति महिला महासंघमा विद्रोह, जुनिता राईको नेतृत्वमा बन्यो तदर्थ समिति

1K

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८ औं महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । उक्त तदर्थ समिति बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घोषणा गरिएको हो ।

विद्रोह पक्षले उक्त महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाहरुको अपेक्षाबमोजिम वैधानिक तवरले सहज प्रक्रिया पूरा नभएको आरोप लगाएको छ । तदर्थ समितिको अध्यक्ष जुनिता राई र महासचिव विनिता आले मगरले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ,‘महाधिवेशनको बन्दसत्रमा महासंघमा आवद्ध जम्मा ४८ जातीय महिला सदस्य संगठनहरुमध्ये संस्था नविकरण नभएको कारण बनाएर २७ सदस्य संगठनहरुलाई बन्दसत्रको हलमा प्रवेश गर्न दिइएन, जुन महासंघकै विधानविपरित कार्य हो । महासंघकै सदस्य संगठनहरुले बन्दसत्रमा भाग लिन पाउने, समूदायको प्रतिनिधित्व गर्ने र निर्वानमा चुन्न र चुनिन पाउने न्यूनतम नैसर्गिक अधिकारलाई समेत वञ्चित गरिनु अलोकतान्त्रिक, गैरकानूनी, अवैधानिक कार्य हो । त्यसैगरि, महासंघको आधिकारिक महासचिवले बन्दसत्रमा प्रस्तुत गर्नुपर्ने सांगठानिक प्रतिवेदन समेत प्रस्तुत गर्न नदिनु अर्को विधानविपरित र प्रचलित विधि, पद्धती र अभ्यासविपरित कार्य हो ।’

अध्यक्ष राईले महासंघ आँफै स्वायत्त जातीय संस्थाहरुको साझा संगठन भएको उल्लेख गर्दै कुनैपनि संगठनलाई बहिष्कृत गरी आयोजना हुने महाधिवेशन आँफैमा लोकताीन्त्रक र वैधानिक हुन नसक्ने स्पष्ट पारिन् । उनले नविकरणको नाममा २७ जातीय संगठनहरु बहुमतले महाधिवेशन प्रक्रिया अपुरो र अधुरो हुन गएको प्रष्ट भएको पनि उल्लेख गरिन् ।

Advertisement

उनले भनिन्,‘हामी केही जातीय संगठनहरु प्रशासनिक रुपले नविकरण हुँदाहुँदै पनि केवल कागजात नवीकरण नभएको नाममा केही सहयात्री संगठनहरुलाई महाधिवशेन प्रक्रियाबाट वञ्चित गराउन खोजिनु अन्याय र आदिवासीको मौलिक अभ्यासविपरितको कार्य भएकोले सबैलाई नसमेटिदाँसम्म महिावधेशन प्रक्रियामा हामी पनि सहभागी नजनाएको समेत स्पष्ट पार्दछौं ।’

तदर्थ समितिको अध्यक्षमा जुनित राई, वरिष्ठ उपाध्यक्षमा भने (आबद्धता दर्ता क्रमसंख्याअनुसार) पुष्पा बुढाथोकी, उपाध्यक्षहरु बिना पहरी नगरकोटी (पहाड), रिना थकाली (हिमाल), माया चौधरी (तराई) रहेका छन् । त्यस्तै महासचिवमा बिनिता आले मगर छिन् । चार जना सचिवमा भने जनसम्पर्क सचिव नानु थामी, विदेश परियोजना सचिवमा वसुन्धरा घर्ती, भाषा संस्कृति सचिवमा नरमायाँ दूरा, अनुशन्धान तथा प्रकाशन सचिवमा सुजा राई रहेकी छिन् । त्यस्तै, कोषाध्यक्षमा मायालु तामाङ छिन् ।

अध्यक्ष राईले यो प्रकरणमा न्याय निरुपणको लागि सम्बन्धित निकायमा निवेदन दिएको उल्लेख गर्दै त्यहाँबाट हुने निर्णय र निर्देशन स्विकार्य हुने स्पष्ट पारिन् । उनले भनिन्,‘हामी नेपालको कानूनमा रहेर हुने निर्णय र निर्देशन मान्छौं ।’