March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

‘सार्क युथ लिडर अवार्ड २०२२’ बाट युवा पत्रकार मरासिनी सम्मानित

5.7K

काठमाडौं, पुस १ स् युवा पत्रकार गोविन्द मरासिनी ‘सार्क युथ लिडर अवार्ड(२०२२’ बाट सम्मानित भएका छन् । मरासिनीलाई पत्रकारिताका माध्यमबाट युवा पुस्ताका लागि प्रेरणादायी रूपमा सेवा गर्नको लागि योगदान को कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा काठमाडौंमा जारी तेश्रो सार्क क्षेत्रीय सम्मेलनमा मरासिनीलाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल लगायतले अवार्ड प्रदान गरका थिए ।

विभिन्न सञ्चारमाध्यममा पत्रकारिताको अनुभव वटुलेका मरासिनीले विशेषगरी युवा, पर्यटन र सामाजिक क्षेत्रका विभिन्न बिषयमा कलम चलाउँदै आएका छन् । मरासिनी हाल अनलाइन पत्रकार संघको सचिव समेत हुन् । कार्यक्रममा उनी सहित सार्कका विभिन्न देशबाट युवाका बिषयमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गरिएको थियो । काठमाडौंमा जारी सार्क क्षेत्रीय सम्मेलनमा सार्क राष्ट्रका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

Advertisement