February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

कलाकार एवम कांग्रेस नेत्री पाण्डेले जन्मदिनमा खुवाइन बालबालिकालाई भोजन

4.2K

काठमाडौं । कलाकार एवम युवा नेत्री करुणा पाण्डेले आफ्नो जन्मदिनको अवसरमा गौशला गुहेश्वरीमा रहेको प्रणवानन्द सेवाश्रममा रहेका वालबालिकालाई भोजन ग्रहण गराएकी छन् । साथै उक्त आश्रमलाई आर्थिक सहयोग पनि गरेकी छन् ।

मंगलबार विहान आश्रममा पुगेर उनले करिब ६० जना बालबालिकालाई भोजन ग्रहण गराएकी हुन् । भोजन ग्रहण गराएपछि उनले भनिन,‘अन्जानमा पाप गरिएको भएपनि आज पुग्य कमाएको महसुस गरिए छु । अन्य व्यक्तिहरुले पनि उक्त आश्रममा रहेका बालबालिकालाई सहयोग गर्नुहोला ।’

नेपाली कांग्रेसको सक्रिय राजनीति, कलाकारिता र समाज सेवालाई सँगसँगै अघि बढाइरहेकी पाण्डेले उक्त आश्रमका लागि अन्य सहयोगहरु जुटाउने प्रतिबद्धता पनि जनाएकी छ । आगामी दिनमा पनि कलाकारिता, राजनीतिसँगै असहास, निमूखा, गरिब, दुःखीहरुका लागि सामाजिक भावले काम गर्ने पनि उनले बताइन ।

Advertisement