February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

काठमाडौंमा चिसो बढ्यो, सोमबार वर्षकै सबैभन्दा कम तापक्रम

1.6K

काठमाडौं । काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज सोमबार यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ ।

Advertisement