March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

यौन सम्पर्कका लागि पाँच करोडको बार्गेनिङ गर्दा प्रहरीको फन्दामा

1.4K

काठमाडौं । प्रहरीले प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ । ‘हनी ट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले ‘हनी ट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने घोराही १० नारायणपुरबाट एक जना पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ पुष्टि गरे ।

उनका अनुसार पक्राउ पर्नेमा घोराही् १० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज रहेका छन् ।

Advertisement

’पक्राउ परेकाहरुले तुलसीपुरका एक जना व्यवसायीलाई मेसेन्जर र मोबाइलबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पछि बलात्कार मुद्दा हाल्ने भनी मोटो रकम माग गरेका थिए,’ गौतमले भने ।

पीडित भनिएका दाङका ४५ वर्षीय व्यवसायी विवाहित र सम्पन्न परिवारका व्यक्ति हुन् भने आरोपित अनुष्का भनिने कृष्णा गहतराज डिभोर्स भएकी एकल महिला हुन् ।

सामान्य चिनाजानपछि उनीहरु नजिकिँदै गए र व्यक्तिगत सम्बन्ध बन्यो । कृष्णाले सुरुदेखि नै आर्थिक लाभ लिँदै आएकी थिइन् । प्रहरीका अनुसार ती पुरुषले हालसम्म ३० लाख रुपैयाँ दिइसकेका थिए ।

उनीहरुबीचको मोबाइल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा पाँच करोडको बार्गेनिङ गरेको देखिएको अनुसन्धाबाट खुलेको डीएसपी गौतमले बताए ।

डीएसपी गौतमका अनुसार पीडितको घर परिवारलाई समेत टर्चर दिन थालेपछि यो घटना प्रहरी कहाँ आइपुगेको हो। प्रहरीले आरोपित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।