काठमाडौं । हुम्लामा तारा एयरको जहाजमा ठुलो दुर्घटना जोगिएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाज चराबाट ठोक्किदा ठुलो दुर्घटना जोगिएको हो ।
दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ ।
अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।
जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छन् ।