March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, खुकुरी बोकेर उत्रिए सुकुम्बासी

3.2K

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउने क्रममा तनावग्रस्त बनेको हो ।

सुकुम्बासी बस्ती हटाउने क्रममा काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । विकल्पबिना वस्ती हटाउन लागेको भन्दै सुकुम्वासी वस्तीका स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा गरेका थिए । उनीहरु हातमा खुकुरी बोकेर आन्दोलनमा उत्रिएका हुन ।

सो क्रममा करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरी बलका एसपी राजुनाथ पाण्डेले जानकारी दिएका छन् । एसपी पाण्डे समेत घाइते भएका छन् । ढुंगा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

Advertisement

एकीकृत बागमती सभ्यता विकास समितिले यही मंसिर ४ गते सम्म बागमती किनारमा रहेका सुकुम्वासी बस्तीका अनधिकृत घर टहरा भत्काउँन समयसीमा दिएको थियो । निर्वाचन सकिए लगत्तै समिति र महानगरको टोली अनधिकृत संरचना भत्काउँन बस्तीमा पुगेको हो ।