March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

मतपेटिका खोसाखोस हुँदा प्रहरीले गोली चलायो

1.1K

काठमाडौं । सिराहाको एक मतदान स्थलमा प्रहरीले ३ राउन्ड गोली चलाएको छ । दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसको अवस्था सिर्जना भएपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुँदा स्थिति तनावग्रस्त बनेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए । उनका अनुसार मतपेटिका खोसाखोस भएपछि केहीबेरको तनाव पश्चात स्थगित मतदान पुनः सुरु भएको छ ।