April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

2.1K

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ । कतार एयरवेजको फ्लाइटबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

१७ वर्षीया बलात्कारको बलात्कार गरेको आरोप लागेका लामिछाने कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत स्वेदश फर्किएका हुन् । उनलाई हत्कडी लगाएर सिधै प्रहरी वृत्त गौशाला लगिएको छ ।

गएको भदौ ५ गते काठमाडौँको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपविरुद्ध इन्टरपोल ‘डिफ्युजन नोटिस’ जारी भएको थियो । नाबालिग किशोरीले भदौ २१ गते लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ ।

Advertisement