काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे स्वदेश फर्किने भएका छन् । उनले कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।
बलात्कारको आरोप लागेका लामिछानेले नेपाल झर्ने बित्तिकै एयरपोर्टमा प्रहरीसमक्ष आफूलाई बुझाउने छन् । उनले आफूमाथि गलत आरोप लागेको उल्लेख गर्दै छानबिनमा सहयोग गर्ने उल्लेख गरेका छन् । उनले आफ्नो सुरक्षाका लागि आफू एयरपोर्टमाा उत्रिदाँ आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराईदिन फेसबुक स्टाटसमा अनुरोध गरेका छन् ।
एक १७ वर्षिया नाबलिग किशोरीले भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।