काठमाडौं । एक साता यता अवैधानिक संरचना भत्काउने अभियानमा जुटेका काठमाडौं महानगरपालिका प्रमुख वालेन्द्र साह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।
केही दिनअघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेको भन्दै अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको जोशीको भनाइ छ । उनले आज सोमबार नै मुद्दा दर्ता गराएका हुन् ।