August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

थारु भाषा र संस्कृति समृद्ध छ: सहरी मन्त्री चौधरी

450

काठमाडौं । ठुम्रार साहित्यिक र सांगीतिक बखेरी को ९१ आंै शृङ्खलामा सहरी विकास मन्त्री मेटमणि चौधरी सहभागी भएका छन् । सिसिआरसी कलेजको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उनले थारु भाषा, थारु संस्कृती निकै समृद्ध रहेको बताए ।

थारु समुदाय मेहनेती, इमानदार र लगनशील रहेकाले अब राजनीतिमा पनि सक्रिय हुन उनले आह्वान गरे । बिशिस्ट अतिथि रहेका लेखक एव पत्रकार कृष्णराज सर्बहारीले थारु साहित्यबारे मन्तव्य राख्नुका साथै आफ्ना रचना समेत बाचन गरेका थिए ।

देशैभरिका प्रतिनिधि थारु लेखक तथा कलाकारको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व राष्ट्रिय थारु कलाकार मन्चका अध्यक्ष विनय वैद्यले गरेका थिए ।

Advertisement