तेह्रथुम । तेह्रथुमको छथर, हमरजुङमा रहेको ऐतिहासिक हाङ्मालुङ्मा भव्य रुपमा चासोक तङ्नाम् मनाइएको छ । ऐतिहासिक हाङ्मालुङ् संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा भव्य रुपमा चासोक तङ्नाम मनाइएको हो ।
सांस्कृतिक प्रबर्द्धन र ऐतिहासिक हाङ्मालुङ्लाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले सोही क्षेत्रमा आयोजना कार्यक्रम गरिएको उक्त संस्थाका अध्यक्ष योगेन्द्र साङ्वाले बताए ।
त्यस्तै, पाकेका अन्नबाली प्रकृतिलाई चढाएर मानिसले ग्रहण गर्ने यो प्रकृतिमैत्री चाडलाई आगामी वर्षदेखि नियमित रुपमा आयोजना गरिने समाजसेवी तथा संस्थाका सदस्य कुल बहादुर साङ्वाले बताए । सांस्कृतिक पर्यटन विकासको लागि यस आर्थिक वर्षमा केही पूर्वाधारको काम गरिने पनि उनले बताए ।
कार्यक्रममा सामुहिक चासोक थिसोक अनुष्ठान गरी च्याब्रुङ नाच, धाननाच समेत प्रस्तुत गरिएको थियो ।