January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

किरात राई यायोख्खा बराहक्षेत्रको दोश्रो नगर अधिवेशन सम्पन्न

510

-प्रकाश दिप्साली राई

नडाहा । किरात राई यायोक्खा बराहक्षेत्र नगरपालिकाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । मंगलबार बराहक्षेत्र नगरपालिकाको पारालिगल भवनमा सम्पन्न भएको सो अधिवेशनले लाल बहादुर राईको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

यसैगरी समितिका उपाध्यक्ष सिता राई, सचिव रबिन राई, सह सचिव जितेन्द्र राई, कोषाध्यक्ष देविका राई चयन भएका छन् भने सदस्यहरुमा गलधोज राई, धन राज राई, पबित्रा राई, चिना राई, पवन चाम्लिङ्ग, अंगत राई, कमल राई, बासु राई, कन्चन राई, रेवत बहादुर राई , दिनेश राई काम्दुङ्ग, भावाना राई रहेका छन् ।

Advertisement

किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष बलराम राईको प्रमुख आतिथ्यमा सम्पन्न रहेको सो कार्यक्रममा उपाध्यक्ष हिन्दुहाङ्ग राई, सचिव राजेन्द्र राई, नबिन राई, उपेन्द्र चाम्लिङ,चन्द्र राईको समेत उपस्तिथिती रहेको थियो ।

कार्यक्रमको संचालन नगर सचिव लालबहादुर राईले गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष नगर अध्यक्ष सन्जय राई रहेका थिए ।