May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

फोनिज, गण्डकी प्रदेश सदस्य गाहालाई पितृशोक

3.7K

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका कार्यसमिति सदस्य अर्जुन गाहामगर (सुशान्त)लाई पितृशोक परेको छ ।
एबीसी न्यूज टेलिभिजन तथा ताण्डव न्यूजमा कार्यरत पत्रकार गाहाका पिता डिलबहादुर गाहामगरको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारका क्रममा शनिबार बेलुकी ६ः३० बजे निधन भएको हो । ४७ वर्षीय गाहा विगत तीन महिनादेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय गाहाका एक श्रीमती र दुई छोरा रहेका छन् ।


यसैबीच, पत्रकार गाहाको पिताजीको निधनप्रति फोनिज, गण्डकी प्रदेशले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ । फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले जारी गरेको शोक वक्तव्यमा स्वर्गीय पिताजीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

Advertisement