January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

अतिविपन्न परिवारलाई १० हजार रुपैयाँ दिने सरकारी निर्णयको कार्यविधि जारी

२०७८ कार्तिक १८

475

काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित अतिविपन्न परिवारलाई १० हजार रुपैयाँ दिने सरकारी निर्णयको कार्यविधि तयार पारी जारी गरेको छ ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई १० हजार रुपैयाँ दिने घोषणा गरेको थियो । अर्थ मन्त्रालयले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत गराई मंगलवार राजपत्रमा प्रकाशन गरिएको हो ।

दशैंअघि नै ५ लाख परिवारलाई १० हजार रुपैयाँका दरले प्रत्यक्ष नगद वितरण गर्ने योजना बनाइएको भए पनि कार्यविधि नबन्दा वितरण हुन सकेको थिएन । तर तिहारअघि पनि विपन्नले रकम पाउने सम्भावना न्यून छ । अर्थ मन्त्रालयका अनुसार राजपत्रमा प्रकाशित भएसँगै अब देशभरका अतिविपन्न ५ लाख परिवारले १० हजार रुपैयाँका दरले नगद राहत प्राप्त गर्ने पक्का भएको छ । तर, प्रक्रियागत कारणले तिहारअघि नै पाउने सम्भावना भने कम रहेको छ ।

‘आवेदनका लागि १५ दिने सूचना जारी गरिनेछ र ती आवेदनमाथि परीक्षण गर्दा पनि केही समय लाग्ने देखिन्छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने । सरकारको यो सहायता लिने व्यक्तिलाई राज्यले आवश्यक परेका बेला स्वयंसेवामा पनि लगाउन सक्ने गरी कार्यविधिमा उल्लेख गरिएको छ ।

Advertisement