आइसिसी टी–२० विश्वकपमा इंग्ल्यान्डले शनिबार राति दुबईमा सकिएको खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित ग¥यो । यससँगै इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज १४.२ ओभरमा ५५ रनमै अलआउट भयो । जसक लागि क्रिस गेलले सबैभन्दा बढी १३ रन जोडे । अन्य सबै ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।
वेस्ट इन्डिजको इनिङ ध्वस्त पार्ने क्रममा अदिल रसिदले ४ विकेट लिए । उनले २.२ ओभरमा २ रन मात्र खर्चिए । मोइन अली र टाइल मिल्सले २–२ विकेट हात पारे ।
५६ रनको लक्ष्य इंग्ल्यान्डले ८.२ ओभरमा ४ विकेट गुमार पार ग¥यो । इंग्ल्यान्डका जासन रोए ११ रन, जोनी वायर्स्टो ९ रन, मोइन अली ३ रन र लियाम लिभिङस्टोन १ रनमा आउट भएका थिए ।
जोस बटलरले नटआउट २४ रन र कप्तान इयान मोर्गानले नटआउट ७ रन जोडे। बलिङमा वेस्ट इन्डिजका अकिल होसेनले २ विकेट लिए।