November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हाँस्यकलाकार ‘अप्सरा आमा’को निधन

525

काठमाडौं । हाँस्य कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी श्रेष्ठको शुक्रबार राती ८ बजे निधन भएको हो ।

स्तन क्यान्सर लगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्। दसैंदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो। त्यसयता उनी काठमाडौंको कपन बालुवाखानीस्थित घरमै थिइन्।

लक्ष्मीले ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्।

Advertisement