November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

वैरागी काइँलालाई ६ लाख राशिको पुरस्कार प्रदान गरिने

675

नेदरल्याण्ड । मुर्धन्य व्यक्तित्व पूर्व कुलपति तथा बरिष्ठ साहित्यकार वैरागी काइँलालाई ६ लाख राशिको पुरस्कार प्रदान गरिने भएको छ । नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जीवीएलओको तीनदिने सम्मेलनले काइँलालाई ६ लाख राशिको स्वीकारोक्ति सिद्धि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले उक्त पुरस्कारको घोषणा गरेका हुन् । यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।

नेदरल्याण्डको द हेगमा जीवीएलओको छैटौं विश्व सम्मेलन चलिरहेको छ । सो सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेदरल्याण्डका लागि नेपाली राजदूत सेवा लम्सालले गरेकी थिइन् ।

Advertisement

सम्मेलनमा बेल्जियम, बेलायत, स्लोभानिया, फ्रान्स, नर्वे, पोल्याण्ड, डेनमार्क, न्यूजिल्याण्ड, अमेरिका, नेदरल्याण्ड लगायत मुलुकका प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।