November 3, 2024, Sunday
२०८१ कार्तिक १९
1:37:26 pm

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर

1.3K

काठमाडौं। सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले संविधानसभा सदस्य समेत रहेका तामाङलाई दोषी ठहर गरेको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको  जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो ।

Advertisement

विशेष अदालतले उनीविरुद्धको कसुर निर्धारणका लागि माघ २१ गते अर्को पेसी तोकेको छ ।