December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

आत्महत्या गरेका सारुकका बुवा कलाकार सानु ताम्राकारको निधन

770

काठमाडौं । वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ । केही समयअघि छोरा गुमाएका उनको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

उनका छोरा सारुक ताम्राकार गत असारमा घरमै मृत फेला परेका थिए । त्यसपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो ।

ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको बताएका छन् । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।

Advertisement