काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुबा हर्कबहादुर राईको निधन भएको छ । प्राज्ञ राजन मुकारुङका अनुसार आज बिहान ४ बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
बेलायती सैनिकमा भर्ती भई फकल्यान्ड युद्ध लडेका हर्कबहादुर प्यारालाइसका कारण थलिएका थिए । छोरा सुदन किराती मन्त्री बन्दा उनी ओछ्यानमा थलिएका थिए । आफू मन्त्री भएको सुनाउदा बुबा रुनुभएको मन्त्री किरातीले सामाजिक संजालमा लेखेका थिए । ७६ वर्षीय राईको उपचारको क्रममा निधन भएको हो ।
मन्त्री किरातीले सामाजिक संजालमा लेखेका छन्, ‘बिहानै उनले फेसबुकमा लेखेका छन्, ‘भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !’