August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

पूर्व जनसंख्यामन्त्री मिथिला चौधरीको निधन

405

काठमाडौं । पूर्व जनसंख्यामन्त्री मिथिला चौधरीको निधन भएको छ । क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

चौधरी प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मन्त्री बनेकी थिइन् । त्यसबेला चौधरी नेकपा (संयुक्त)को सांसद रहेकी थिइन् ।

रामनारायणलाल दास र रुकमीनी कर्णकी छोरीका रुपमा २०२२ चैत्र ७ मा धनुषाको जनकपुरमा जन्मिएकी चौधरीको श्रीमान, एक छोरा र दुई छोरी छन्

Advertisement