May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

करिश्मा मानन्धरले आधिकारिक रूपमै नाम राखिन् सूर्य कुमारी

420

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम आधिकारिक रूपमै ‘सूर्य कुमारी’ राखेकी छन् । केहि समयअघि आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी मानन्धरले फेसबुकमा ‘सूर्य कुमारी’ लेखेकी हुन् ।

करिश्मा मानन्धरले केही समय अघि नेकपा एमालेमा प्रवेश गरेकी हुन् । उनले पार्टी चिह्नसँग नाम मिलेको प्रसंग निकाल्दै आफ्नो न्वारानको नाम पनि सूर्य कुमारी भएको बताएकी थिइन् ।

Advertisement