June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

कलाकार तथा मुन्धुमविद् यासेली योङहाङ सम्मानित

२०७८ फाल्गुन २६

1.5K

धरान । लिम्बु कलाकार, मुन्धुमविद तथा याक्थुङ संस्कृतिकर्मी यासेली योङहाङ ‘मास्टर चक्रबहादुर पुरस्कार’बाट सम्मानित भएका छन् ।
धरान स्थित चक्रवहादुर पालुङवा फाउण्डेशनले प्रदान गर्दै आएको उक्त सम्मान पुरस्कार योङ्हाङले पाएका हुन् ।

बुधवार धरानमा आयोजित एक समारोहबीच योङहाङलाई २० हजार रुपैयाँ नगद तथा सम्मानपत्र पुरस्कार हस्तान्तरण गरिएको हो । पुरस्कार मदन पुरस्कार विजेता लिम्बुवानको इतिहास खोजकर्ता भगिराज इङनामको हातबाट प्रदान गरिएको थियो ।

स्वर्गिय चक्रवहादुर पालुङवाका छोराहरु तथा परिवारले उनको स्मृतिमा कल्याणकारी कार्य सञ्चालन गर्ने उदेश्यले स्थापना गरेकोे उक्त फाउण्डेशनबाट दिइने सम्मान तथा पुरस्कार गतवर्ष वरिष्ठ पत्रकार हर्ष सुब्बालाई प्रदान गरिएको थियो । फाउण्डेशनले सम्मान पुरस्कारका साथै छात्रवृत्ति, गम्भीर विरामीलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ ।

Advertisement

यसपटकको छात्रावृत्ति ल्याबोटरी उच्च मावि, धरान–८ कक्षा १२ का छात्र रोमन थापा मगरलाई प्रदान गरिएको छ । १३ हजार ५ रुपैयाँको छात्रवृत्ति भाषाविद प्रा.डा. टंकप्रसाद न्यौपानेको हातबाट प्रदान गरिएको थियो । अघिल्लो वर्ष कक्षा ११ मा पढ्दा पनि उक्त छात्रवृत्ति उनैले पाएका थिए ।

त्यस्तै, फाउण्डेशनले यसपटक खोटाङ हलेसीका ७२ वर्षीय ढाडको उपचार गराईरहेका गम्भीर विरामी गुरुपती भट्टराई नगद ५ हजार ५ रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

फाउण्डेशनका अध्यक्ष डा.योगेन्द्र पालुङवाको सभापतित्वमा भएको समारोहमा चक्रबहादुरका बयोबृद्ध श्रीमति विष्णुमाया पतङवा, परिवारका सदस्यहरु, विशिष्ठ व्यक्तिहरु उपस्थित थिए । ताप्लेजुङ निवासी स्वर्गिय चक्रवहादर पालिूङवाको ८५ वर्षको उमेरमा दुई वर्ष अघि धरानमा निधन भएको थियो ।