May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

संगीतकार अम्बर गुरुङको स्मृतिमा पुरस्कार स्थापना

२०७८ फाल्गुन १७

460

पोखरा । संगीतकार अम्बर गुरुङको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले सांगीतिक क्षेत्रमा योगदान पु¥याएका व्यक्ति वा संस्थालाई पुरस्कृत गर्न ‘अमर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरेको हो ।

उक्त पुरस्कार प्रत्येक दुई वर्षमा देश, विदेशमा रहेर नेपाली गीत, संगीत, गायन र वाद्यवादनमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने छ । पुरस्कारको राशि नगद दुई लाख रुपैयाँ रहने संस्थाका अध्यक्ष मोती भुजेलले बताए । पुरस्कार अर्को वर्षदेखि प्रदान गरिने छ ।

संस्थाले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरूभक्त श्रेष्ठ संयोजक रहेको पुरस्कार स्थापना समिति गठन गरेको छ । समितिले पुरस्कार अक्षयकोष स्थापना गर्ने छ । समितिमा प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव तीर्थ श्रेष्ठ सहसंयोजक र सदस्यमा गीतकार, संगीतकार तथा गायक विक्रम गुरुङ, आनन्द श्रेष्ठ, टोपबहादुर थापा, साहित्यकार उषा शेरचन, गायक अमृत गुरूङ, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा, प्रकाश ज्ञवाली, चैतन्य अधिकारी, शिव त्रिपाठी, मोती भुजेल र एमडी काफ्ले छन् ।

Advertisement

भेटरान ग्रुप हङकङले तीन वर्षअघि गायक तथा संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’ कार्यक्रम आयोजना गरेको थियो । हङकङमा आयोजित उक्त कार्यक्रमबाट बचत भएको ५ लाख रुपैयाँ पुरस्कार अक्षयकोष स्थापनाका लागि संस्थालाई हस्तान्तरण गरिएको छ । दुई वर्षअघि पोखरेली मञ्च यूकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ नामक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट बचत भएको २ लाख ५० हजार रुपैयाँ पनि कोषमा थपिएको छ । कोष वृद्धिका लागि विभिन्न व्यक्ति र संघ संस्थालाई सहयोग आह्वान गरिएको छ ।