लण्डन । भिसी रामबहादुर बेघा लिम्बुलाई पुत्रशोक परेको छ । बेघाको जेठा छोरा क्याप्टेन भक्तबहादुर बेघा लिम्बुको निधन भएको हो ।
क्याप्टेन भक्तबहादुर बेघा लिम्बुको मंगलबार बेलायतको बेजिङस्टकस्थित निवासमा निधन भएको किरात याक्थुङ चुम्लुङ युकेले जनाएको छ ।
बेलायतको सैन्य सम्मान भिक्टोरिया क्रस पाएका एकमात्र जीवित व्यक्ति रामबहादुर बेघाको जेठा छोरा स्वर्गीय भक्त लिम्बु सामाजिक कार्यमा पनि सक्रिय थिए । स्रोतका अनुसार उनी बेजिङस्टक नेपाली समाजको संस्थापक अध्यक्ष थिए ।