काठमाडौं । आइतबार दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ। दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
हिमपहिरोले पुरिएका १२ जनामध्ये ६ जना पुरूष र एकजना महिलाको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । अझै चार महिला र एक पुरूष बेपत्ता छन्।
लगातार परेको पानी,हिउँ र खराब मैसमका कारण उद्धारको काम गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।
यार्सागुम्बा खोज्न हिँडेका उनीहरूलाई त्रिपालमा बसिरहेको बेलामा हिमपहिरोले पुरेको हो।
बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलमा खटिएको थियो